२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आगामी आइतबार विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आगामी आइतबार विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बस्ने प्रदेशसभा बैठकबाट अधिकारीले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आज बिहान प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका छन्। अधिकारी २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री अधिकारीलाई राप्रपाले भने विश्वासको मत नदिने भएको छ । ३० मत पुगेमा सर्वोच्चको व्याख्याका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिने गठबन्धनका नेताहरूको दाबी छ ।

अधिकारीले सभामुखसमेतलाई गणना गरी मुख्यमन्त्रीमा दाबी गरेर सोही दाबीअनुसार मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतले पाण्डेको रिटमा गरेको व्याख्याका आधारमा ३० सांसदको समर्थन जुटाएर बहुमत पुर्याउने गठबन्धनका नेताहरूको भनाइ छ । गण्डकीको प्रदेशसभा ६० सदस्यीय छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij