२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कोशीमा फेरि कांग्रेस नेतृत्वकै सरकार बन्छ, उद्धव थापा मुख्यमन्त्री हुन्छन् : शेखर कोइराला

कोशीमा फेरि कांग्रेस नेतृत्वकै सरकार बन्छ, उद्धव थापा मुख्यमन्त्री हुन्छन् : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशमा फेरि उद्धव थापाको नेतृत्वमा सरकार गठन हुने बताएका छन्। बिराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कामचलाउ मुख्यमन्त्रीका रुपमा थापा नै रहेको पनि जिकिर गरे।

उनले कांग्रेस संसदीय दलका नेता थापाले आगामी सात दिनभित्र आफ्नै नेतृत्वमा गठबन्धन सरकार बनाउने विश्वास व्यक्त गरे। कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै कांग्रेस लोकतन्त्रवादी पार्टी भएकाले अन्य राजनीतिक दललाई यससम्बन्धी पाठ सिकाउने धारणा राखे।

कोइरालाले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए।
उनले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले रोकथाम गरेर यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे।

नेता डा. कोइरालाले कांग्रेस वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन प्रतिबद्ध रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij