काठमाडौँ- पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो।
एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij