२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

कांग्रेस उम्मेदवार भन्दा सुहाङ तीन हजार बढी मतले अगाडि

कांग्रेस उम्मेदवार भन्दा सुहाङ तीन हजार बढी मतले अगाडि

काठमाडौं । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १० हजार ४१९ मत प्राप्त गरेका छन् ।

कांग्रेसका खड्काले ७ हजार ६२ मत ल्याएका छन् । सुहाङ ३ हजार ३५७ मतले अगाडि छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बुले अहिलेसम्म १ हजार ४५१ मत प्राप्त गरेका छन् । अहिलेसम्म २५ हजार ७१२ मतगणना भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij