२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

बझाङमा अग्रता बढाउँदै कांग्रेस

बझाङमा अग्रता बढाउँदै कांग्रेस

बझाङ । प्रदेशसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा बझाङमा नेपाली कांग्रेसले अग्रता लिन सुरु गरेको छ । मतगणना प्रारम्भ भएदेखि नै नेकपा एमालेले अग्रता लिएकोमा सोमबार सबेरैदेखि कांग्रेसले एमालेलाई उछिनेको हो ।

जारी मतगणनामा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ९२ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार दमनबहादुर भण्डारी ७ हजार २ सय २८ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच २ सय ६४ मतको अन्तर छ । माओवादीले २ हजार ८ सय ९५ र नेकपा एसले २ हजार १ सय २ मत ल्याएको छ । शनिबार भएको निर्वाचनमा सो प्रदेशसभा क्षेत्रमा ३० हजार ३ सय २८ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij