काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतलाई सम्मान गर्ने बताएका छन्। उच्च अदालत विराटनगरले बिहीबार व्यक्तिको नाममा भएको जग्गामा वृक्षरोपण नगर्नू भन्ने आदेश दिएपछि सामाजिक सञ्जालमार्फत साम्पाङले सो प्रतिक्रिया दिएका हुन्।
‘अदालतलाई सम्मान गर्छु!’, साम्पाङले भनेका छन्।
धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको हो।
अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न उच्च अदालतले आदेश दिएको हो।
केहीदिन अघि मेयर साम्पाङसहितको टोलीले वृक्षरोपण गर्दा दुई समूहबीच विवाद उत्पन्न भएको थियो।
साथै, मेयर साम्पाङलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश भएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij