२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमाथि आज फैसला

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमाथि आज फैसला

काठमाडौँ– कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट निवेदनमाथि (बिहीबार) आज फैसला हुँदैछ। मुख्यमन्त्रीमा उद्धव थापा नियुक्ति हुँदा सभामुख बाबुराम गौतमलाई समेत मत हाल्न लगाइएको भन्दै विपक्षी एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो।

सोही रिटमाथि आज फैसला हुने भएको हो। बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएकाले आज फैसला आउने भएको हो।

सर्वोच्चबाट आउने सो फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार रहने या नरहने टुंगो लाग्नेछ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उक्त प्रक्रिया गलत भएकाले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गर्दै सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गराएका थिए।

कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुखलाई मतका लागि प्रयोग गर्नु असंवैधानिक भएको एमालेको दाबी छ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij