२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (११ साउन २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

बिहीबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ९० पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ८९ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ८८ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ५५ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ०९ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३९ पैसा छ।

साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १० पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ८० पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९० पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३१ पैसा छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij