काठमार्डौँ । नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको आयोजनामा नेपालमा एसिया प्यासफिक अप्टिमिष्ट सम्मेलन हुने भएको छ ।
नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको स्थापना दिवस तथा उक्त सम्मेलनका विषयमा जानकारी दिन मंगलबार काठमाडौँको जमलमा आयोजित पत्रकार सम्मेलमा यही वैशाख १४ गतेदेखि १६ गतेसम्म काभ्रेको धुलिखेलमा उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराइएको थियो ।
सम्मेलनमा नेपालसहित भारत बंगलादेशलगायतका विभिन्न देशबाट प्रतिनिधिहरु सहभागि हुने र नेपालका मात्रै ९० भन्दा बढी प्रतिनिधि सहभागि हुने नेपाल डिष्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलका गभर्नर प्रकाश घिमिरेले जानकारी दिए ।
सामाजिक क्षेत्रमा सकारात्मक सोचको विकास गर्ने र आशावासी जीवन दर्शन हुन सिकाउने उद्देश्यले स्थापना भएको उक्त संस्थाको एसिया प्यासफिक सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा कृष्ण पौडेल र वरिष्ठ पत्रकार एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा कुन्दन अर्यालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।
उक्त कार्यपत्रमाथि छलफल गरी समसामयिक विषय र संस्थाको भावी कार्ययोजनाका विषयमा धुलिखेल घोषणापत्रसमेत जारी गरिने गभर्नर घिमिरेले जानकारी दिए । उनले सम्मेलनमा अप्ष्मिष्ट इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष ट्रेसी हुक्स्ले र कार्यकारी निर्देशक चेर्ली ब्रेनले समेत सहभागिता जनाउँदैछन् ।
पत्रकार सम्मेलनमा उसम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । लायन्स क्वल जस्तै गरी सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भएको उक्त संस्थाको नेपालका २५ जिल्लामा ५० भन्दा बढी क्लबहरु गठन भइसकेका सम्मेलन निर्देशक ऋषिश्वर थपलियाले जानकारी दिए ।
उनले उक्त संस्था विश्वका २८ देशमा १९ सय भन्न्दा बढी क्लबहरु स्थापना भएको र त्यसमा ४८ हजार बढी प्रतिनिधिहरु आबद्ध भएको जानकारी दिए । सकारात्मक दृष्टिकोषसहित आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्दै बालिबालिका, किशोर किशोरी, तथा युवाहरुको चौतर्फी विकास गर्ने उद्देश्यले स्थापना गरिएको उक्त सँस्थाले अप्टिमिष्ट एजुकेसन फण्ड बनाएर नेपालमा सामाजिक काम अघि बढायनउ लागिएको सो क्रममा जानकारी दिइएको थियो ।
आजका कार्यक्रम संयोजक पारशमणि दाहालले क्लबका माध्यामबाट नेपाललाई विश्वसामु चिनाउने लक्ष्य आफूहरुको रहेको र सम्मेलनले अर्थपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij