२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

सुन प्रकरण : उच्चस्तरीय छानबिन समिति नबने संसद् चल्न नदिने एमालेको चेतावनी

सुन प्रकरण : उच्चस्तरीय छानबिन समिति नबने संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग गरेको छ । बुधबारको संसद् बैठकको आकस्मिक समयमै एमालेले सुन काण्डमा गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरे । उनले समिति नबने संसद् चल्न नदिने पनि बताए ।

‘गृहमन्त्रीको मातहतमा सुन तस्करी भएको छ । म कारबाही गर्छु भन्नुहुन्छ, कोट र टारको कुरा गर्छु भन्नुहुन्छ । कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?,’ उनले भने, ‘२० क्विटल बढी सुन तस्कर भएको छ, मन्त्रीहरूको सेटिङमा भएको छ । यसको विषयमा गम्भीर भएर सरकारले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्‍यो । सभामुखबाट रुलिङ हुनुपर्छ । दिउँसै रात पार्ने, लुट्ने काम भएको छ ।’

उनले विमानस्थलको यो अवस्था छ अरू भन्सारको अवस्था के होला भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij