२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

२२ जना प्रहरी सम्पर्कबिहीन [सूचनासहित]

२२ जना प्रहरी सम्पर्कबिहीन [सूचनासहित]

काठमाडौँ- नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।

प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन्। आफूखुसी सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु छन्।

प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले जारी गरेको सूचनामा २२ जना प्रहरी कर्मचारीहरु आफूखुसी गैरहाजिरीमा रहेको जनाइएको छ। गैरहाजिरीमा रहेकाहरुको खोज तलास गराउँदा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको सूचनामा उल्लेख छ।

सूचना टाँस गर्दा समेत सम्पर्कमा नआएकाले उनीहरूको हकमा सार्वजनिक सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij