२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियो

लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियो

बुटवल । लुम्बिनी प्रदेशको सत्ता साझेदार दल जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

गठबन्धन बनाउदा जनता समाजवादी पार्टीसँग गरिएको सहमति बमोजिम २ जना सांसदलाई मन्त्री नवनाएपछि असन्तुष्ट रहेको जसपाले सरकारलाई दिएको समर्थन भने हाललाई कायमै रहने जनाएको छ ।

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने, ‘हामीसँग गरेको सहमति कार्यान्वयन गरेर सरकारमा सहकार्यको विश्वसनीय वातावरण बनाउनुस् भनेका हौ तसर्थ त्यो वातावरण नबनेसम्म सरकारमा बस्ने अवस्था रहेन ।’ लुम्बिनी प्रदेश सभामा जनता समाजवादीका ३ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij