२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेशनल पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रवन्ध निर्देशक पौडेल दोषी ठहर

नेशनल पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रवन्ध निर्देशक पौडेल दोषी ठहर

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको छ । शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गर्दै सचिव मधुकुमार मरासनीसहित ८ जनालाई सफाइ दिएको हो ।

पौडेललाई सजाय निर्धारण गर्न २५ वैशाखमा पेसी तोकिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् ।

साथै उनी पछिल्लो पटक नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा ६ वर्षअघि खरिद गरिएको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन नसकेको, आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर २५ करोडमा खरिद गरी नेपाल सरकारको सम्पत्ति गैरकानुनी तबरले हानीनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियारले गत वर्ष असोज १५ मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij