काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालयको अवस्थाको अनुगमन,अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका समस्या समाधान गर्न ७५३ वटै पालिकामा केन्द्रीय प्रतिनिधि मार्फत माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ।
माटो सुहाउँदो शिक्षा,सार्बजनिक शिक्षामा पालिकाको २०% बजेट अनिबार्य,केन्द्रिकृत छात्रवृत्ति पोर्टल,शिक्षक तथा कर्मचारिहरुको पारिश्रमिक,प्रत्यक शुक्रबार सिपमुलक ज्ञान,पटक पटक भर्ना गर्नु पर्ने व्यवस्था हटाउन, नर्सिङ्ग कक्ष लगायत विभिन्न मागहरु प्रस्तुत गरि नेपाल विद्यार्थी संघले बुढानिलकण्ठ नगरपालिकामा केन्द्रीय प्रतिनिधि तथा केन्द्रिय सदस्य सुवास घिमिरेको नेतृत्वमा ज्ञापन पत्र बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै उपमेयर अनिता लामाले नेपाल विद्यार्थी संघले राखेका मागहरु जायज भएको र धेरै मागहरु हामीले कार्यान्वयन गर्न स्थानीय विद्यालयहरुलाइ निर्देशन दिएको जानकारी गराउदै सँगै निरीक्षण गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको घिमिरेले जानकारी दिए ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij