२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार

मधेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद विस्तार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीवार मन्त्रिपरिषद विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी गरेका छन् भने शारदा थापाले गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छन् ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका हुन् भने लुङ्गेली नेकपा एकीकृत समाजवादी र थापा नेकपा एमालेका प्रदेश सभा सदस्य हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट शपथ लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij