२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आजको मौसम : पहाडी भू-भागमा चट्याङ, तराईमा हावाहुरीसहित वर्षा

आजको मौसम : पहाडी भू-भागमा चट्याङ, तराईमा हावाहुरीसहित वर्षा

काठमाडौँ– शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij