२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यसबाहेक देशका अन्य भू–भागमा पनि वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ।  मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारी वर्षाकाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट हुने क्षतिबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij