२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

राप्रपाको आन्दोलनमा घाइते भएका डाँगीको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन भएको छ। राप्रपा बर्दिया मधुवन नगर कार्य समिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा सोमबार छाउनी अस्पतालमा निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

डाँगी राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर उनी गम्भीर भएका थिए।

अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो । डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने राप्रपाले जनाएको छ। संवैधानिक राजतन्त्रका पुनःस्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले काठमाडौंमा जनप्रदर्शन गरेको थियो।

सोही क्रममा सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो। प्रहरीले केही प्रदर्शनकारी पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij