२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।

त्यस्तै बैठकले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप गरेको छ । यस अघि गत फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पनि पहिलो पटक जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij