२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

रोशीमा बुद्धचित्तको रुख मध्यरातमा अज्ञात समूहले काट्यो

रोशीमा बुद्धचित्तको रुख मध्यरातमा अज्ञात समूहले काट्यो

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–५ मा रहेको बुद्धचित्त मालाको रुख मध्यरातमा अज्ञात समूहले काटिदिएको छ । ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको रुख अज्ञात समूहले मध्यरातमा काटेको हो । सो स्थानमा चार थान सकेट बम राखेर समूह फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको र सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको जिल्ला प्रसाशन काभ्रेले जनाएको छ ।

रातको १ बजेको समयमा रोशी गाउँपालिका– ५ नागबेलीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्धचित्त मालाको रुख अपरिचित १५–२० जनाको समूहमा आएर काटेको भन्ने खबर इलाका प्रहरी कार्यालय मंगलटारमा राति दुई बजे आएको थियो ।

ठकुरानी तामाङको घरको ढोका र आँगनमा चारवटा घरेलु सकेट बम राखिएको नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तामाङ परिवारले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij