२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आयल निगमका कार्यकारी निर्देशक थानीलाई ‘बेस्ट म्यानेजमेन्ट’ अवार्ड

आयल निगमका कार्यकारी निर्देशक थानीलाई ‘बेस्ट म्यानेजमेन्ट’ अवार्ड

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

नेपाल इञ्जिनियरिङ एसोसिएसनको ६१औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा काम गरेका इञ्जिनियरहरूलाई सम्मान गर्ने क्रममा व्यवस्थापन क्षेत्रको अवार्ड कार्यकारी निर्देशक थानीलाई दिइएको हो।

निगमको कार्यकारी नियुक्त भएको १५ महिनामा पेट्रोलियम पदार्थको आपूर्ति र व्यवस्थापनमा उल्लेखनीय काम गरेको भन्दै नेपाल इञ्जिनियर्स एसोसिएसनले अवार्ड दिएको हो।

रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गर्नुका साथै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इञ्जिनियरिङ क्षमता प्रमाणित गरेकोले अवार्ड दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij