२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

कोसी प्रदेशमा विशेष अधिवेशन आह्वान

कोसी प्रदेशमा विशेष अधिवेशन आह्वान

विराटनगर । कोसी प्रदेशमा विशेष अधिवेशन आह्वान भएको छ प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी वैशाख ६ गतेका लागि विशेष अधिवशेन आह्वान गरेका हुन् ।

केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेशमा सरकार परिवर्तनको प्रयास सुरु भएको छ । एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो ।

तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो । त्यसअघि नै विशेष अधिवेशनको समावेदन भएकोले आह्वान भएको बताइएको छ ।

\

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij