२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । आज दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षर प्रकृयाद्वारा उपाध्यक्षको निर्वाचन गर्ने कार्यक्रम तय छ ।

सभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षीबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन्।

वर्तमान सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि भागबण्डामा उपाध्यक्ष एमालेले लिने सहमति अनुसार नै घिमिरेलाई साझा उम्मेदवार बनाइएको हो ।
यसअघि माओवादीबाटै सभा उपाध्यक्षको प्रतिनिधित्व गरेकी उर्मिला अर्यालले राजीनामा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij