काठमाडौं। नेपालमा घरायसी उपकरण अमेरिकी ब्रान्ड ब्लाक डेकरको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष लक्षित ‘न्यू जोय, न्यू सेलिब्रेसन’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत ग्राहकले ब्लाक डेकरका साना घरायसी उपकरण खरिद गर्दा हरेक साता उपहार जित्न सक्ने कम्पनीले जनाएको छ।
ब्लाक डेकरका कुनै पनि उपकरण खरिदमा हरेक साता एक जना भाग्यशाली विजेताले फुड स्टिमर जित्न सक्नेछन्।
योजनामा सहभागी हुन ग्राहकले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेन्टी कार्ड नम्बर भर्नुपर्नेछ। साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्न सकिनेछ।
यस्तै, ब्लाक डेकरका कुनै पनि उपकरणको ३० हजारमाथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्लाक डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध हुनेछ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij