२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

केन्ट आरओमा नयाँ वर्ष अफर

केन्ट आरओमा नयाँ वर्ष अफर

काठमाडौं। नेपालमा केन्ट उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना सार्वजनिक गरेको छ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहक रोजाइमा परेको केन्ट आरओले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ नारासहितको अफरअन्तर्गत केन्टको कुनै पनि आरओमोडल खरिदमा उपभोक्ताले सिजी इलेक्ट्रिक केटली पाउनेछन्।

ग्राहक योजना चैत २३ देखि नेपालमा सीमित अवधिका लागि लागू गरिएको कम्पनीले बताएको छ।

पिउनेपानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायन समावेश हुन सक्छन्। घरमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइप लाइनमार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने हुने गर्छ। केन्ट आरओबाट प्रशोधित पानी परिवारको स्वस्थ जीवनका लागि महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ।

कम्पनीले नेपाली बजारमा केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण/डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बिक्री गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij