२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो ।

सभामुख घिमिरेले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

सरकार समिति गठन गर्ने पक्षमा छैन भने कांग्रेसका सांसदले अवरोध गरेपछि सत्तापक्षका सांसदले पनि उठेर विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij