२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

निःशुल्क फोहर उठाउँदै भानु नगरपालिका

निःशुल्क फोहर उठाउँदै भानु नगरपालिका

तनहुँ– तनहुँको भानु नगरपालिकाले नगरवासीको घर-घरबाट निस्कने फोहरमैला निःशुल्क रूपमा उठाउने गरेको छ।

नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ।

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको मेयर आनन्दराज त्रिपाठीले जानकारी दिए।

घर-घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौं,’ उनले भने।

नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायत स्थानबाट फोहरमैला उठाउने गरेको त्रिपाठीले बताए।

‘नगरपालिकाभित्र फोहरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहर उठाउने गरेका हौं, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौं,’ उनले भने।

भानु -१ अँधेरीखोला किनारनजिकै फोहरमैला व्यवस्थापन गर्ने गरिएको छ।

सबै वडाबाट संकलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको मेयर त्रिपाठीले बताए। उक्त जग्गा नगरपालिकाले फोहर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij