२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

१३ सचिवको सरुवा, को कहाँ?

१३ सचिवको सरुवा, को कहाँ?

काठमाडौँ- सरकारले १३ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको सरुवा गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयमा रहेका सचिव सूर्यप्रसाद गौतमलाई निर्वाचन आयोग पठाइएको छ। निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा तानिएको छ। भूमिका दामोदर रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीलाई उपराष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय भएको छ।

यसैगरी, उपराष्ट्रपतिको कार्यालयमा सचिवको जिम्मेवारीमा रहेका तोयम रायालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयमा पठाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई वित्त आयोगमा पठाइएको छ। वित्तमा रहेका सचिव भरतमणि सुवेदीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ। पर्यटन मन्त्रालयका सुरेश अधिकारीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

प्रदेशतर्फ कर्णाली प्रदेशमा प्रमुखसचिव रहेका डा गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। बागमतीका प्रमुखसचिव मुकुन्द निरौलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ। घनश्याम उपाध्यायलाई निरौलाको ठाउँमा पठाइएको छ भने गण्डकी प्रदेशमा प्रमुखसचिव रहेका रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ। पन्थको ठाउँमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ।

सरुवा गरिएका सचिवहरूले पत्र बुझ्नसमेत थालिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij