२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना ‘सर्ट लिस्ट’मा

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना ‘सर्ट लिस्ट’मा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना ‘सर्ट लिस्ट’मा छनोट भएका छन् । अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टिङ गरेर पाँचजना छनोट गरिएको हो ।

बोर्डका हालका कार्यवाहक अध्यक्ष डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, साबिकको बिमा समिति (हाल बिमा प्राधिकरण) का पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठ छनोटमा परेका हुन् । अब पाँच जनाको प्रस्तुतिका आधारमा तीनजना मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij