२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

साढे २४ करोड ठगी आरोपमा सोम विश्वकर्मा पक्राउ

साढे २४ करोड ठगी आरोपमा सोम विश्वकर्मा पक्राउ

काठमाडौं : सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन्। झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए।

विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो। उनलाई प्रहरीले बिहीबार पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको रु २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएको आरोप लागेको थियो।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितले ठगी मुद्दा दर्ता गरेका थिए। उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij