काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका छन्।
‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानः कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं।लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ उनले भनेका छन्।
चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारे जेठ १५ गते रिहाइ गर्ने तयारी अघि बढाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij