२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्री र कृषिमन्त्रीसहितको टोली इटाली जाने

प्रधानमन्त्री र कृषिमन्त्रीसहितको टोली इटाली जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । समिट जुलाइ २४, २५ र २६ मा इटालीमा हुँदै छ ।

त्यस्तै, सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरलाई छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । “कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क जुन थियो, शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय भएको छ,” उनले भनिन् ।

मन्त्री शर्माले आजको मन्त्रीपरिषद् बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij