२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष पार्टीबाट निस्कासित

नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष पार्टीबाट निस्कासित

सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले दुई प्रदेश अध्यक्षमाथि कारबाही गरेकी छन् । अध्यक्ष चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन् ।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।

अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा भन्नेमा विवाद छ । रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij