२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ओली विदेश भ्रमणमा : एमालेको कार्यवहाक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङलाई दलको नेता

ओली विदेश भ्रमणमा : एमालेको कार्यवहाक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङलाई दलको नेता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवहाक अध्यक्ष र संसदीय दलको कार्यावाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन् ।

ओली गएराति कम्बोडिया प्रस्थान गरेका हुन् । उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन् ।

ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

ओली साउन ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij