२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री नियुक्त

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपलिया आर्थिक मामिला मन्त्री नियुक्त

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराएका हुन् । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij