२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सादा पोसाकमा परिचालन हुने (घुमुवा प्रहरी) गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले परिपत्र नै जारी गरिसकेको छ । परिपत्रमा भनिएको छ, ‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ, ।’

परिपत्रमार्फत जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रमा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij