२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

नेपाल प्रहरीका आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका आठ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले आठ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij