२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेस बैठक लाइभ गर्न देउवाको प्रस्ताव, यस्ता छन् बैठकका एजेन्डाहरू

कांग्रेस बैठक लाइभ गर्न देउवाको प्रस्ताव, यस्ता छन् बैठकका एजेन्डाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठक सामाजिक सञ्जाल, सञ्चार माध्यमबाट लाइभ गर्न प्रस्ताव गरेका छन्। आफ्नै निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा देउवाले यस्तो प्रस्ताव गरेका हुन्।

‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्ने कि भन्ने पनि छ। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय पनि आयो,’ बैठकपछि शशांक कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ। यो प्र्स्ताव देउवा आफैँले राख्नु भएको हो।’

आजको छलफलमा नीति महाधिवेशनबारे पनि कुरा उठेको उनको भनाइ छ।

बैठकले एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस बैठकका १० एजेन्डा

१ समसामयिक विषय आर्थिक, परराष्ट्रलगायतबारे छलफल
२ सांगठनिक कार्ययोजना र कार्यतालिका
३ केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४ निर्वाचन परिचालन समितिको प्रतिवेदन
५ नीति अधिवेशन सम्बन्धमा
६ विभागहरू गठन, थप र कामको व्यख्या
७ राष्ट्रव्यापी अभियानको घोषणा
८ अनुशासन समितिको प्रतिवेदन पेस
९ संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन
१० सरकारको गतिविधिबारे जानकारी

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij