२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

शेखर कोइरालाको निवासमा कांग्रेस इतर पक्षका नेताहरुको छलफल

शेखर कोइरालाको निवासमा कांग्रेस इतर पक्षका नेताहरुको छलफल

काठमाडौं– मंगलबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकका अजेन्डाबारे धारणा बनाउन गर्न नेपाली कांग्रेसको इतर समूहका नेताहरु छलफलमा जुटेका छन्।

पार्टीका नेता शेखर कोइराला र महामन्त्री गगन थापासहित नेताहरु कोइरालाको निवासमा छलफलमा जुटेका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन्।

देउवाले बोलाएको बैठक अगाडि नै इतर पक्षका नेताहरु आपसी छलफलमा जुटेका हुन्। स्रोतका अनुसार किसान संघका नेताहरूसँग नेताहरूले संयुक्त भेटेर कुरा गरेका हुन्। त्यस्तै छलफलको क्रममा नेताहरूले अन्य विषयमा पनि छलफल गरेको बताइएको छ।

खास गरेर पूर्वगृहमन्त्री समेत रहेका पार्टीका नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयलाई इतर पक्षले प्रमुखताका साथ उठाउने तयारी गरेको छ।

तर, सभापति देउवा र उनी पक्षका नेताहरु खाणको निलम्बनलाई अजेन्डा नबनाउने अडानमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij