काठमाडौं। कृषि विकास बैंकले धनुषाको यदुकुहामा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ। बैंकको मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा सहिदनगर–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको हो।
ग्लोबल मनी वीक २०२४ अवसर पारेर आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थी र सोही विद्यालयका शिक्षक सहभागी भएको बैंकले जनाएको छ।
कार्यक्रममा बचत सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषतालगायत विषयमा विद्यार्थीलाई जानकारी दिइएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij