राजस्थान- भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिबार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।
सो विश्वविद्यालयमा नेपालका एक सयभन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिए। विश्वविद्यालयले हालमात्रै नेपालको प्राविधिक शिक्षा तथा व्यावसाियक तालिम केन्द्रबाट सम्बन्धन समेत पाएको छ।
नेता निधिले दुई संस्थाबीचकाे सम्बन्धनले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने विश्वास रहेकाे बताए। विश्वविद्यालयका उपकुलपति प्रा.करुणेश सक्सेना, रजिष्टार प्रा. राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिंग डाइरेक्टर डा. एस एन मोदानीले नेता निधिको स्वागत गरेका थिए। साे अवसरमा डा. मोदानीले संगम विश्वविद्यालयले २० वर्षमा गरेका शैक्षिक उपलब्धीबारे जानकारी गराए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij