२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुलाई ६८ बुँदे निर्देशन

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुलाई ६८ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका लागि ६८ बुँदे निर्देशन जारी गरेको छ । शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण आदि विषयमा सक्रिय भूमिका खेल्नुपर्ने भन्दै ११ वटा क्षेत्रसम्बद्ध २१ शीर्षकमा निर्देशनहरु दिइएको गृहमन्त्रालयले जनाएको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले देशभरका जिल्ला प्रशासन कार्यालयका लागि एकीकृत निर्देशन जारी गरेका हुन् ।

विकास निर्माणमा समन्वय र सहजीकरण, लागुऔषध नियन्त्रण, सुधार गृहको नियमन, उपभोक्ता हित संरक्षण तथा कालोबजारी नियन्त्रण, विपद पूर्वतयारी, उद्धार, राहत, पुनर्स्थापना, सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण, कारागार व्यवस्थापन, लगायतका विषयमा पनि विभिन्न निर्देशन जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij