काठमाडौँ- सरकारले राजदूतविहीन सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ। परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो।
जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।
यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ। अब क्यानाडाका लागि राजदूत सिफारिस हुन बाँकी छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij