२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

एकदिने भ्रमणका लागि किन काठमाडौँ आउँदैछन् मेरिकी सहायक विदेशमन्त्री लु ?

एकदिने भ्रमणका लागि किन काठमाडौँ आउँदैछन् मेरिकी सहायक विदेशमन्त्री लु ?

काठमाडौँ- दक्षिण तथा मध्य एसियाको जिम्मेवारी पाएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं ओर्लिँदैछन् ।

एकदिने भ्रमणमा काठमाडौं आउन लागेका सहायक विदेशमन्त्री लुले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसहित नागरिक समाज तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी दूतावासले २८ असारमा फेसबुक पेजमार्फत लुको भ्रमणबारे औपचारिक रूपमा सार्वजनिक गरेको हो । फेसबुक पेजमा लेखिएको छ, ‘दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यस क्षेत्रको भ्रमणका क्रममा नेपाल फेरि आउन उत्सुक हुनुहुन्छ । जुलाई १४ मा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्नुहुनेछ र दूतावासका कर्मचारीहरूलाई पनि भेट्नु हुनेछ । यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नु हुनेछ र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नु हुनेछ ।’

लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ । उनले अमेरिकी दूतावासका कर्मचारीहरूलाई पनि भेट्नेछन्  ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij