२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दासढुंगानजिक दुर्घटना, १९ जना घाइते

काठमाडौँ- नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ जुगेडी दासढुंगानजिक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको हो।

घाइतेहरू अहिले चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन्।

चितवन प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर सडकबाट १० मिटरजति तल खसेको हो। सडकबाट खसेको बस रूखमा अड्केको थियो। बसमा ४० जना यात्रु थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij