२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

स्वास्थ्य क्षेत्रको सुधारका लागि फिल्डमै उत्रिए बागमतीका स्वास्थ्यमन्त्री उत्तम जोशी

स्वास्थ्य क्षेत्रको सुधारका लागि फिल्डमै उत्रिए बागमतीका स्वास्थ्यमन्त्री उत्तम जोशी

भरतपुर- बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन फिल्डमै उत्रिएका छन् ।

सरकारी अस्पतालको फार्मेसीमा सेवा लिन सेवाग्रहीले सास्ती खेप्नुपरेको गुनासोपछि स्वास्थ्यमन्त्री जोशीले बिहीबार भरतपुर अस्पतालको आकस्मिक निरिक्षण गरेका छन् ।

निरिक्षणका क्रममा अस्पतालको फार्मेसीमा अधिकांश कर्मचारी अनुपस्थित भएको र सेवाग्रहीको लाइन लामो भएको भेटिएको छ । मन्त्री जोशीले फार्मेसी सञ्चालनमा कुनै सम्झौता नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिदैं ड्यूटीको समयमा अनुपस्थित कर्मचारीहरुलाई स्पष्टीकरण सोध्न निर्देश गरेका छन् ।

आकस्मिक अनुगमनका क्रममा औषधि लिने सेवाग्राहीहरुको लामो साइन रहेको र फार्मेसीको काउन्टर खाली रहेको पाईएको थियो । मन्त्री जोशीले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेल र अध्यक्ष राजु पौडेललाई बोलाई आफ्नो डियूटी समयमा काममा नआउने कर्मचारीलाई तत्काल स्पष्टीकरण सोध्न र कारवाही गर्न भनेका छन् ।

मन्त्री जोशीले फार्मेसीबाट बीमा सुविधाको औषधी २४ सैं घण्टा लिन सकिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सो क्रममा उनले अस्पतालमा सेवा लिइरहेका बिरामी तथा आफन्तहरुलाई भेटेर सेवा सुधारबारे परामर्श पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij