काठमाडौँ- सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो ।
सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले नर्भिक अस्पतालमा सुरक्षाकर्मी, मन्त्री, सर्वसाधारणलगायतको ठूलो भीड लागेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij