काठमाडौँ- नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले चीन र भारतको अर्थतन्त्रमा खुसी व्यक्त गरेका छन्।
गोल्डम्यान साक्सले सन् २०७५ सम्म चीन पहिलो र भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेपछि उक्त जानकारी सेयर गर्दै उनले यस्तो बताएका हुन्।
हाल विश्वको पहिलो ठूलो अर्थतन्त्र संयुक्त राष्ट्र अमेरिका र दोस्रो चीन छन्।
तर ५० वर्षपछि अमेरिका, जापान र जर्मनीलाई उछिन्दै भारत दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गोल्डम्यान साक्सले गरेको छ।
उक्त प्रक्षेपणमाथि भट्टराईले भनेका छन्, ‘हाम्रो नाति/नातिनी पुस्ता विश्वको पहिलो र दोश्रो ठूलो अर्थतन्त्रको वीचमा हुनेछ। त्यसैले छोरा/छोरी पुस्ता अहिले नै देश छोडेर विदेश भागदौड गर्ने हैन यहीं नै भविष्य बनाउन लागोस्।’
उनले अगाडि लेखेका छन्, ‘हाम्रो पुस्ता अब बढी लोभ नगरी आफूले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र नयाँ पुस्ताको हातमा सुम्पेर जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरोस्।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij