२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो ।

बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिनेछ ।

कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो ।

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो । तर, कहिले सत्ता राजनीति मिलाउन र कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij