२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

झण्डै एक वर्षपछि आज कांग्रेस केन्द्रीय समिति बैठक

झण्डै एक वर्षपछि आज कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु हुने भएको हो।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डाअनुसार कार्यसम्पादन समितिले गरेको निर्णय बैठकले अनुमोदन गर्ने छ।

महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनबारे निर्णय गरिने कांग्रेसका एक नेताले जानकारी दिए।

जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ।

अघिल्लो वर्ष साउनपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन। एक वर्षपछि बस्न लागेको यस बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गर्ने तयारी छ।

यस्तै भातृ संगठनको कार्ययोजना र विस्तारसम्बन्धी निर्णयबारे पनि बैठकमा छलफल गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij